एनएमबी बैंकको डेढ अर्बको ऊर्जा ऋणपत्र विक्री खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । एनएमबी बैंकले आजदेखि डेढ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र विक्री खुला गरेको छ। बैंकले १५ वर्षे अवधिको ‘एनएमबी ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामक ऋणपत्र विक्री खुला गरेको हो । यस ऋणपत्रमा बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर दिनेछ ।

 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको कुल १५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । निष्काशित कुल ऋणपत्रमध्ये ९ लाख बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । बाँकी ६ लाख कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ । सोमध्ये ३० हजार कित्ता सामूहिक लगानी कोष र ५ लाख ७० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

ऋणपत्रमा लगानीकर्ताले जेठ १२ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाई (कित्ता) देखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालय र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

 

बैंकको ऋणपत्रलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

पर धकेलिँदै रसुवागढी जलविद्युत्, उपकरण जडान र प्रसारण लाइन निर्माणमा ढिलाइ Read Previous

पर धकेलिँदै रसुवागढी जलविद्युत्, उपकरण जडान र प्रसारण लाइन निर्माणमा ढिलाइ

सिद्धबाबामा सुरूङ बनाउन टेन्डर आह्वान, ४५ दिन भित्र आवेदन दिनुपर्ने Read Next

सिद्धबाबामा सुरूङ बनाउन टेन्डर आह्वान, ४५ दिन भित्र आवेदन दिनुपर्ने