लगातार १३ दिन पोजेटिभ सर्किटपछि रुरुको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीको सेयर मूल्यमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार १३ दिनदेखि पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयर मूल्यमा आज बजार खुल्नासाथ नेगेटिभ सर्किट लागेको हो ।

 

कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०७ रुपैयाँ (१० प्रतिशत)ले घटेर १०५३ रुपैयाँमा आएको छ । यसअघि हरेक दिन पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयर पाउनै मुश्किल थियो । आज सेयर सप्लाई आएपछि मूल्यमा नेगेटिभ सर्किट लागेको हो । बजार खुलेको ५० मिनेटमै कम्पनीको २५ हजार कित्ता सेयर कारोबार भएको छ ।

 

वैशाख २० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर दैनिक १० प्रतिशतले बढेर अधिकतम ११७० रुपैयाँसम्म पुगेको थियो ।

 

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

रियल स्टेट कम्पनीले बढीमा १०० रोपनी जग्गा राख्न पाउने, यस्तो छ जग्गाको नयाँ हकबन्दी (सूचीसहित) Read Previous

रियल स्टेट कम्पनीले बढीमा १०० रोपनी जग्गा राख्न पाउने, यस्तो छ जग्गाको नयाँ हकबन्दी (सूचीसहित)

अब घरमै पीसीआर गराउन सकिने, कति लाग्छ खर्च ? Read Next

अब घरमै पीसीआर गराउन सकिने, कति लाग्छ खर्च ?