निषेधाज्ञाकै बेला बैंकहरुले गरे २८ अर्ब ऋण लगानी

काठमाडौं । निषेधाका कारण देशको अर्थतन्त्र नै ठप्प जस्तै भए पनि बैंकहरुले भने उल्लेख्य मात्रमा कर्जा लगानी गरेका छन् ।

 

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले वैशाखको अन्तिम ३ सातामा २८ अर्ब कर्जा लगानी गरेका छन् । वैशाख महिनाभर कुल ४५ अर्ब कर्जा लगानी गरेका बैंकहरुले अन्तिम ३ सातामा मात्रै २८ अर्ब कर्जा लगानी गरेका छन् ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भए पनि बैंकहरुले भने यस समयमा पनि राम्रै कर्जा प्रवाह गर्न सफल भएका हुन् । बैंकहरुले वैशाख तेस्रो साता ११ अर्ब, चौथो साता १७ अर्ब र वैशाख अन्तिम साता १ अर्ब गरी ३ सातामा २८ अर्ब कर्जा प्रवाह गरेका हुन् ।

 

यस अवधिमा बैंकहरुले ३४ अर्ब निक्षेप संकलन गरेका छन् । बैंकहरुले वैशाख मसान्तसम्म कुल ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कमाइ उपराष्ट्रपतिको भन्दा कम, वर्षमा कति कमाउँछन् ? Read Previous

अमेरिकी राष्ट्रपतिको कमाइ उपराष्ट्रपतिको भन्दा कम, वर्षमा कति कमाउँछन् ?

निगमका जहाजलाई भ्याइनभ्याइ, ५ दिनमा साउदीमा ७ उडान गर्ने Read Next

निगमका जहाजलाई भ्याइनभ्याइ, ५ दिनमा साउदीमा ७ उडान गर्ने