हाइड्रोपावर कम्पनीलाई ‘लिड’ गर्दै रुरु र राधी, कति पुग्यो सेयर भाउ ?

काठमाडौं । राधी विद्युत् कम्पनी र दुई साता अघि मात्र कारोबारमा आएको रुरु जलविद्युत परियोजनाले सेयर बजारमा हाइड्रोपावर क्षेत्रलाई लिड गर्न थालेका छन् ।

 

यसअघि हाबजारका सबैभन्दमाथिल्लो तामाकोशी र माउन्टेन इनर्जीले लिड गर्दै आएको यस क्षेत्रमा सेयर मूल्यका आधारमा राधी र रुरुले लिड गर्न थालेका हुन् ।

 

 

रुरु कारोबारमा आएको १० दिनमै सबैभन्दा महँगो सेयर हुने कम्पनी बनेको थियो भने अझै सेयर मूल्य बढ्ने क्रम जारी ।

 

वैशाख २० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको रुरुको सेयरमा लगातार १३ दिन सर्किट लागेर मूल्य प्रतिकित्ता ११७० रुपैयाँ पुगेको छ । यससँगै रुरु १ हजारभन्दा माथि सेयर मूल्य हुने एकमात्र कम्पनी बनेको छ ।

 

यस्तै, गत वर्षको मुनाफाबाट ३६ प्रतिशत लाभांश घोषणा गरेको राधी सेयर बजारको दोस्रो महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ । लाभांश घोषणासँगै पछिल्ला ३ दिनमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३६ रुपैयाँ पुगेको छ ।

 

यो समाचार तयार पार्दा (११ः३० बजे)सम्म दुवै कम्पनीको सेयर खरिद गर्नेको उच्च चाप रहेको छ भने विक्रीकर्ता शून्यप्रायः रहेका छन् ।

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

अमेरिकी राष्ट्रपतिको कमाइ उपराष्ट्रपतिको भन्दा कम, वर्षमा कति कमाउँछन् ? Read Next

अमेरिकी राष्ट्रपतिको कमाइ उपराष्ट्रपतिको भन्दा कम, वर्षमा कति कमाउँछन् ?