कृषि यान्त्रीकरणका लागि नीति बन्यो, तर जनशक्ति र तालिम कार्यक्रम छैन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि यान्त्रीकरणको नीति बनिसकेको जनाएको छ । कृषि मन्त्री पद्माकुमारी अर्यालले नीति बनी अन्य काम अगाडि बढी सकेको बताउँदै कृषि क्षेत्रको विकासका निम्ति यान्त्रीकरण प्रयोग आवश्यक रहेको बताइन ।

 

उनले अब माटो मापन घरबाट नै गर्न सकिने प्रविधिको विकास भएको दाबी गरिन् । कृषि मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको उनले बताइन् ।

 

‘कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुने छ, यो कुरालाई अगामी बजेट तथा नीति तथा कार्यक्रममा राख्ने छौँ,’ मन्त्री अर्यालले बताइन् ।

 

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले आयोजना गरेको ‘कृषि यान्त्रीकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै उनले कृषिमा यान्त्रीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन् । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको उनले बताइन् ।

 

यान्त्रीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काम गरिरहेको बताउँदै उनले सानादेखि ठूला खालका अनुसन्धान नार्कबाट भइरहेको बताइन् । कृषिमा यान्त्रीकरणका लागि नीजि क्षेत्रको पनि ठूलो भूमिका रहेको बताउँदै उनले नीजि क्षेत्रले प्रसंसनीय कार्य गरेको बताइन् ।

 

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रीकरण गर्नुपर्ने बताए । अर्कोतिर उत्पादन गरेर मात्र हुँदैन त्यसको वजार व्यवस्थापन पनि जोड दिनुपर्ने र त्यसका लागि कृषि आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिनुपर्ने उनले बताए । ‘झापा धानको सुपरजोन हो, तर त्यहाँ धान उत्पादन भएपछि सुकाउन तथा राख्ने व्यवस्था नहुँदा सस्तोमा बेच्न बाध्य हुन्छ, त्यसैले उत्पादनदेखि विक्रि वितरण र उपभोगसम्म आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिनुपर्छ,’ पौडेलले भने ।

 

नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरु पलाउन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए । पछिल्लो समयमा कृषि यान्त्रीकरणमा नीजि क्षेत्रमा पनि भूमिका रहेको बताउँदै श्रेष्ठले ‘कृषिमा उत्पादन बढाउँछ र लागत घटाउँछ भने त्यो नै कृषि यान्त्रीकरण हो,’ भने ।

 

कृषिमा सबभन्दा बढी तराई मेधशमा प्रविधि र उपकरण प्रयोग भइरहेको उनले बताए । अहिले कृषिमा सबभन्दा बढी साना ठूला ट्याक्टर, धान, गहुँ दाँइ गर्ने मेसिन, धान रोप्ने मेसिन अत्याधिक प्रयोगमा आइरहेको छ । माछा पालन, दुध क्षेत्रमा पनि यन्त्रको प्रयोग हुन थालेको छ । कृषिमा यन्त्रको प्रयोग हुन थालेपछि मूल्यको अनुगमन तथा नियमन नरहेको बताए । ‘सबै किसानले यन्त्र किन्न सक्दैनन्, त्यसको लागि सरकारले यन्त्रहरु भाडामा दिने व्यवस्था पनि गर्नु पर्छ,’ श्रेष्ठले भने ।

 

महिला मैत्री कृषि यन्त्रको प्रवद्र्धन, स्थानीय कृषि यन्त्र र पाटपूर्जा उत्पादनलाई बढावा दिन सहुलियत दिने नीति, उपयुक्त भूउपयोग नीति, स्थानीय आरनहरुको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने उनले बताए ।

 

नामियाको अध्यक्ष खोजराज कट्वालले परम्पारगत खेतीलाई हटाउने कृषिलाई आधुनिकीकरण तथा यान्त्रीकरणमा लैजाने सरकारले नीति लिए पनि त्यसमा खासै लगानी नगरेको बताए । नेपालमा कृषि औजारको क्षेत्रमा नीजि क्षेत्रले पनि लगानी लगाउन चाहेको तर, त्यसमा सरकारले धेरै सहयोग नगरेको आरोप लगाए ।

 

नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताए । सरकारले कृषिमा किसान तथा उद्योगीहरुलाई विभिन्न औजार तथा यन्त्रहरु अनुदान तथा सहुलियतमा दिने तर त्यो कहाँ कसरी प्रयोग भइरहेको छ त्यसको लेखाजोखा नरहेको उनले टिप्पणी गरे ।

 

किसानलाई प्रविधि तथा औजार दिएर हुँदैन त्यसलाई सञ्चालन गर्ने तालिम र प्रशिक्षण दिनुपर्ने सुझाव दिँदै उनले कृषि प्रविधिमा रहेका जनशक्तिले काम गर्ने अवसर पाउनुपर्ने बताए ।

निर्धन उत्थान लघुवित्तको सेयर ५५० रुपैयाँमा किन्ने अवसर ! कहाँबाट दिने आवेदन ? Read Previous

निर्धन उत्थान लघुवित्तको सेयर ५५० रुपैयाँमा किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?

युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै Read Next

युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै