निर्धन उत्थान लघुवित्तको सेयर ५५० रुपैयाँमा किन्ने अवसर ! कहाँबाट दिने आवेदन ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संस्थाप समूहको (प्रमोटर) १ लाख बढी कित्ता सेयर जेठ १३ गतेदेखि लिलामीमा आउने भएको छ ।

 

लघुवित्तले संस्थापक समूहको १ लाख ५ हजार ५९२ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा जेठ २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरु र सर्वसाधरणले समेत आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।

चीनको अचल सम्पत्ति २० प्रतिशतले बढ्यो, कति छ कुल सम्पत्ति ? Read Previous

चीनको अचल सम्पत्ति २० प्रतिशतले बढ्यो, कति छ कुल सम्पत्ति ?

कृषि यान्त्रीकरणका लागि नीति बन्यो,  तर जनशक्ति र तालिम कार्यक्रम छैन Read Next

कृषि यान्त्रीकरणका लागि नीति बन्यो, तर जनशक्ति र तालिम कार्यक्रम छैन