नेप्सेले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी ११ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । आइतबार मात्रै हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो ।

 

नेप्सले २७५९ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७५० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २७३८ विन्दुको रेकर्ड बनाएको थियो ।

 

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । आज पनि साढे ९ अर्ब बढीको कारोबार भएको छ ।

 

यस्तै, नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण सवा ३८ खर्ब पुगेको छ । यो हालसम्मकै धेरै र देशको जीडीपीभन्दा पनि धेरै हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ९ अर्ब ५७ करोड ६३ लाख ६१ करोड १३९ रुपैयाँ बढीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियालीे छाएको छ भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ११८.३९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४३.५६ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये १३१कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६६ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल टेलिकम ४२ करोड र शिखर इन्स्योरेन्स ३१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत्को मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, समता घरेलु लघुवित्त, राधि विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, वरुण हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी र खानीखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज नेपाल बंगलादेश बैंकको डिबेञ्चरका सेयरधनीले सबैभन्दा धेरै १.९४ प्रतिशत गुमाएका छन् ।

टेलिकमको भीओएलटीई सेवा परीक्षण शुरु, १०० मिनेट भ्वाइस सुविधा निःशुल्क Read Previous

टेलिकमको भीओएलटीई सेवा परीक्षण शुरु, १०० मिनेट भ्वाइस सुविधा निःशुल्क

नयाँ उद्योग दर्ता घट्दो, चालू वर्षमा कुन क्षेत्रमा कति उद्योग दर्ता भए ? Read Next

नयाँ उद्योग दर्ता घट्दो, चालू वर्षमा कुन क्षेत्रमा कति उद्योग दर्ता भए ?