काठमाडौं । ३० प्रतिशत हकप्रद सेयर जारी निष्काशनका लाग शिखर इन्स्योरेन्स रेटिङ सम्पन्न गराएको छ ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर ए’रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको जनाउँछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनगर्न वार्षिक साधरणसभाबाट प्रस्ताव पारित गरिसकेको छ भने नियामक बीमा समितिबाट पनि अनुमति पाइसकेको छ । अब धितोपत्र बोर्डबाट स्वीकृति भएपछि हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ ।
हाल १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म ३६ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने ४१.५ रुपैयाँबाट घटेर २७.५५ रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २८१.३४ रुपैयाँबाट घटेर २१०.९४ रुपैयाँमा सीमित भएको छ । मूल्य आम्दानी अनुपात ६९.७० प्रतिशत रहेको छ ।
कम्पनीले हालसम्म २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।