काठमाडौं । राधि विद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३६.५ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
हाल ४७ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस सेयर वितरण पछिचुक्ता पूँजी ६४ करोड ६३ लाख रूपैयाँ पुग्नेछ।