बीमा चम्किँदा नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, यी ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आउँदा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

 

नेप्सले २७३८ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि गत वैशाख २ गते नेप्सेले इतिहासकै सर्वाधिक २७३५ विन्दुको रेकर्ड बनाएको थियो ।

 

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । आज एकैदिन झन्डै साढे १० अर्बको कारोबार भएको छ । एकैदिन १० अर्ब बढीको कारोबार भएको इतिहासमै यो पाँचौपटक हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५४.२६ अंकले बढेर २७३८.३५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको १० अर्ब ४० करोड ३८ रुपैयाँ बढीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियालीे छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७९.७७ अंकले बढेको छ भने निर्जीवन बीमा ५२९.७२, विकास बैंक १११.३० अंकले बढेको छ ।

 

आज कारोबारमा आएका २१४ कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ८५ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै एनसीसी बैंक ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

उछाल आएको बजारमा आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रुरु जलविद्युत्को मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर र आइएमई जनरल इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । विशाल बजार कम्पनीको मूल्य पनि ९ प्रतिशत धेरैले बढेको छ ।

 

बढ्दो बजारमा आज युनियन हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.०५ प्रतिशत गुमाएका छन् ।

देशका अधिकांश भाग ठप्प, अब यी ३ जिल्लामा मात्र निषेधाज्ञा हुन बाँकी Read Previous

देशका अधिकांश भाग ठप्प, अब यी ३ जिल्लामा मात्र निषेधाज्ञा हुन बाँकी

शाओमीको पोको एक्स ३ प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता Read Next

शाओमीको पोको एक्स ३ प्रो नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता