आइपीओ जारी गर्न अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

 

मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत् कम्पनीले सर्वसाधरणमा सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएक हुन् ।धितोपत्र बोर्डका अनुसार मानुषी लघुवित्तले वैशाख १३ गते र दोर्दी खोलाले वैशाख २१ गते बोर्डमा निवेदन दिएका हुन् ।

 

मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।

 

यसैगरी, दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ दरमै २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न माग गरेको हो ।

 

बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाइने दुवै कम्पनीले जनाएका छन् । आइपीओ जारी गर्न यसअघि नै दुवै कम्पनीले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् ।

 

मानुषीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र दोर्दी खोलाले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशक तथा विक्री प्रबन्धकमा नियुक्त गरेका छन् ।

‘बिटक्वाइन’लाई उचाल्ने र पछार्ने एलन मस्क, डेढ अर्ब डलर लगानीपछि किन बदले धारणा ? Read Previous

‘बिटक्वाइन’लाई उचाल्ने र पछार्ने एलन मस्क, डेढ अर्ब डलर लगानीपछि किन बदले धारणा ?

भारतमा स्पुतनिक भी खोप बजारमा विक्री शुरु, कति पर्छ मूल्य ? Read Next

भारतमा स्पुतनिक भी खोप बजारमा विक्री शुरु, कति पर्छ मूल्य ?