अब बैंकहरुले ५० हजारभन्दा कम डिपोजिट नलिने, आजदेखि यी ५ सेवा मात्र दिने

काठमाडौं । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् ।

 

नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।

 

सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजार रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

 

न्यूनतम ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार बैंकबाट पटक/पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।

 

सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

निषेधाज्ञाका बीच १४० मेगावाटको तनहुँ जलविद्युतको काम धमाधम Read Previous

निषेधाज्ञाका बीच १४० मेगावाटको तनहुँ जलविद्युतको काम धमाधम

माउन्टेन इनर्जीले बनाएको ४२ मेगावाटको मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो Read Next

माउन्टेन इनर्जीले बनाएको ४२ मेगावाटको मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो