काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) अर्को साता मात्रै बाँडफाँट हुने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापीटलका अनुसार अहिले आवेदनहरु रुजु गर्ने काम भइरहेको छ । आवेदन रुजु गर्ने काम सकिएपछि सम्भवतः अर्को हप्ता भित्रै बाँडफाँट गर्ने गरी काम भइरहेको क्यापिटलले जनाएको छ ।
यद्यपि, निषेधाज्ञाका कारण सबै कर्मचारी आउन नसकेका कारण काममा केही ढिलाइ भइरहेको जनाइएको छ ।
कम्पनीले वैशाख १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
कम्पनीको आइपीओमा १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ११.२४ गुणा बढी हो ।कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि ज्योति लाइफाको आइपीओमा सर्वाधिक १८ लाख बढीले आवेदन दिएका थिए ।
कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।