काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको नोक्सानी घट्दो क्रममा रहेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म ३ करोड ५० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
१ वर्षको अवधिमा कम्पनीको नोक्सानी करिब १ करोड रुपैयाँले घघटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नोक्सानी ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा थियो ।
हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोष ८२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ ।

चैतसम्ममा हेर्दा कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३३ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १९ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.२० रुपैयाँ छ ।
कम्पनीले हाल दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको र आगामी जेठ दोस्रो सातादेखि विद्युत उत्पादन शुरु हुने कम्पनीले जनाएको छ ।