प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, भए पदमुक्त

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले संघीय संसदको प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका छन् । आज संसदमा भएको मतदानमा प्रधानमन्त्री ओलीले आवश्यक वहुमत पुर्याउन नसकेपछि विश्वासको मत गुमाएका हुन् ।

 

मतदानमा सहभागी भएका कुल २३२ सांसदमध्ये उनको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ । त्यस्तै, १५ जना सांसद तटस्थ अर्थात् मत दिन्न भन्न पक्षमा मत दिएका थिए ।

 

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मत दिएका छन् भने जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु तटस्थ बसेका छन् ।

 

ओलीको पक्षमा भोट हाल्न पार्टीले ह्वीप जारी गरे पनि त्यसको उल्लंघन गर्दै आफ्नै पार्टीका सांसदले समेत भोट हालेनन् । संसदको सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको एमालेका १२१ सांसद भए पनि प्रधानमन्त्री ओलीलाई ९३ सांसदले मात्र मत दिएका हुन् । माधव नेपाल पक्षका २८ सांसाद अनुपस्थित भएका थिए ।

 

संसदबाट विश्वास्को मत पाउन नसकेपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली पद मुक्त भएका छन् ।संविधानको धारा १०० उपधारा ३ बमोजिम ‘प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ व्यवस्था छ । अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको सरकारकाम चलाउ हुनेछ ।

 

४ अर्बको ऋणपत्र निष्काशन गर्न प्रभु बैंकले पायो अनुमति Read Previous

४ अर्बको ऋणपत्र निष्काशन गर्न प्रभु बैंकले पायो अनुमति

माथिल्लो तामाकोशीको नोक्सानी घट्दो क्रममा, यस्तो छ वित्तीय अवस्था Read Next

माथिल्लो तामाकोशीको नोक्सानी घट्दो क्रममा, यस्तो छ वित्तीय अवस्था