काठमाडौं । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले ‘प्रभु बैंक डिबेन्चर -२०८७’ नाम ऋणपत्र विक्री गर्न लागेको हो ।
निष्काशन हुने कुल इकाईमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई विक्री गर्नेछ भने १६ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ ।बैंकको ऋणपत्रको विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट रहेको छ ।