काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमाको योजनाको विषयमा छलफल गरेको छ । मन्त्रालयले आगामी वर्षका लागि कुल ३६ अर्ब २३ करोडको बजेट बनाउने भएको हो ।
मन्त्रालयले पहिलो प्राथमिकतामा रासायनिक मललाई राखेको छ । कुल बजेटको करिब ३० प्रतिशतको खर्च रासायनिक मलमा विनियोजित हुने मन्त्रालयले जनाएको छ ।
रासायनिक मल अनुदानमा यस वर्ष पनि गत वर्ष जस्तै ११ अर्बको बजेट व्यवस्थापन हुने भएको छ । रासयानिक मल आवश्यकता र बाध्यता दुवै बनेको कारण उक्त क्षेत्रमा वृहत रकम छुट्टयाउनु पर्ने अवस्था रहेको मन्त्रालयलका सहसचिव हरिबहादुर केसीले बताए ।
बजेटको अर्को ठूलो आकारको विनियोजन नेपाल कृषि अनुसन्धान प्रतिष्ठान् (नार्क)मा हुनेछ । नार्कमा तीन अर्बभन्दा माथिको रकम वितरण हुने भएको छ ।
त्यस्तै, बजेट विनियोजनको अर्को ठूलो हिस्सा अर्थात तीन अर्ब २१ करोडको बजेट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा जाने भएको छ । उक्त रकम नेपालभर संचालन भइरहेका जोन, सुपर जोन, पकेट, ब्लकमा विनियोजित हुन्छ । हाल रहेका जाने तथा ब्लकमा थप ११ जोन, १७७ जोन, २३ पकेट तथा एक हजार ब्लकको स्थापना हुने भएको छ ।
वित्तीय बजेट व्यवस्थापन तर्फ १ अर्ब ६० करोडको छुट्याएको छ । यस बाहेक, स्थानीय तथा प्रदेश सरकारमा विनियोजित हुनु पर्ने रकममा क्रमश साढे ५ अर्ब र साढे २ अर्बको रहेको छ । कृषक समक्ष प्रत्यक्ष सरोकार स्थानीय सरकार भएको कारण पनि बजेट विनियोजनको रकम बढी प्रसार हुने गर्छ ।
विभाग अन्तर्गत १ अर्ब पशु विभाग र एकदेखि २ अर्बको बजेट छुट्टिएको छ । त्यस्तै, बीमा तर्फ डेढ अर्ब र उखु अनुदानमा १ अर्ब जाने भएको छ । अनुदान शीर्षकमा मात्रै कुल १४ अर्बको बजेट वितरण हुने सहसचिव केसीले बताए ।
यस बाहेक अन्य विषयलाई गौणमा राखि मन्त्रालयले ध्यान दिएको छ । रैथाने बाली र प्रारंगारिक मलको लागि मिसन कार्यक्रम तर्जुमा हुने भएको छ । दुग्ध क्षेत्रमा नेपाल लाइभस्टक इनोभेसन प्रोजेक्टमाफर्त संचालित हुने रकम विनियोजित भएको छ ।
पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणासँगै यसलाई निरन्तरता दिन विभिन्न योजन बन्ने क्रममा रहेको उनी बताउँछन् । मत्स्य क्षेत्रमा पनि आत्मनिभर्रता उन्मुख हुने स्थिति देखिएको कारण आगामी आर्थिक वर्षमा मत्क्ष्यपालन क्षेत्रतर्फ आत्मनिर्भरताको लागि मन्त्रालयले अग्रसर हुने उनले बताए । भने, कोभिडको कारण किसान सूचीकरणका तथा स्थानीय स्तरमा भण्डार गृह स्थापनाको गत वर्षको कार्यक्रमलाई चुस्तताका साथ यसवर्ष संचालन गर्नेमा पनि मन्त्रालय प्रतिवद्ध रहेको उनले जानकारी दिए ।
केसी भन्छन्, ‘ किसान सुचिकरणको तालिम तथा सफ्टवेयरको काम पुर्ण हुँदा बाँकी कार्य कोभिडको कारण सम्भव हुनसकेन । सोही स्थिति स्थानीयस्तरको भण्डार गृह स्थापनमा पनि रह्यो ।’
केही वर्ष यता रोकिएको उत्कृष्ट कृषक पुरस्कारले पनि निरन्तरता पाउने भएको छ । खाद्यन्नमा आत्मनिर्भरताको लागि उन्नत जातका धान बाली, मकै बालीमा पनि मन्त्रालयको ध्यानार्कषण भएको छ ।मन्त्रालयले उत्पादन वृद्धिका हिसाबले बास्मति धान र बढी क्षेत्रफलमा धान वृद्धि गर्ने मसिनो धानलाई प्रवर्दन गर्ने भएको छ । ल्याउने भएको छ । खाद्यका अन्य विविध पक्ष कागतीमा पनि मन्त्रालय सजक रहेको उनी बताउँछन् ।
कृषि विज्ञ कृष्ण पौडेलले आगामी वर्षको बजेठ पराम्परागत तथा कृषिमा प्रतिगमनको निरन्तरताको संज्ञा दिएका छन् । खुद्राखाद्री मानिएका रैथाने बाली, साना किसानको कुरा , प्रारंगारिक मलजस्ता मसिना कुरामा सरकारको ध्यान कहिल्ये नगएको उनको भनाइ छ ।