महामारीमा यातायात व्यवसायीको ब्रह्मलुट, जनकपुरको बस भाडा १५ हजार

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब ६ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।

 

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ ।

 

प्रतियात्रु १५ हजार रुपैयाँको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिए। उनले भने, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।”

मध्यभोटेकोशीको आइपीओ विक्री स्थगित, अब कहिले खुल्छ ? Read Previous

मध्यभोटेकोशीको आइपीओ विक्री स्थगित, अब कहिले खुल्छ ?

नयाँ श्रम स्वीकृति दिन बन्द, पुनः स्वीकृति भने लिन सकिने Read Next

नयाँ श्रम स्वीकृति दिन बन्द, पुनः स्वीकृति भने लिन सकिने