मध्यभोटेकोशीको आइपीओ विक्री स्थगित, अब कहिले खुल्छ ?

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)  विक्री स्थगित छ । बिहीबार कम्पनी र विक्री प्रबन्ध ग्लोलबल आइएमई क्यापिटलले संयुक्त विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना संक्रमण र निषेधाज्ञालाई मध्येनजर गर्दै तत्कालका लागि आइपीओ विक्री स्थगित गरिएको जानकारी गराएको हो ।

 

परिस्थिति सहज भएपछि पुनः आइपीओ विक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर जारी गर्नेछ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

राष्ट्रिय सडकको चौडाइ एउटै बनाउने योजना कागजमै सीमित, अव्यवहारिक मापदण्ड भएन लागू Read Previous

राष्ट्रिय सडकको चौडाइ एउटै बनाउने योजना कागजमै सीमित, अव्यवहारिक मापदण्ड भएन लागू

महामारीमा यातायात व्यवसायीको ब्रह्मलुट, जनकपुरको बस भाडा १५ हजार Read Next

महामारीमा यातायात व्यवसायीको ब्रह्मलुट, जनकपुरको बस भाडा १५ हजार