निर्धन उत्थानले कमायो दुई वाणिज्य बैंककोभन्दा धेरै नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्तले खुद मुनाफामा उल्लेख्य सुधार गरेको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ७१ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलानामा ५१.०४ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म लघुवित्तले ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

लघुवित्तले चालू वर्षमा कमाएको खुद नाफा दुई वाणिज्य बैंककोभन्दा पनि धेरै हो । लघुवित्तले सेञ्चुरी र सिभिल बैंकलेभन्दा धेरै नाफा कमाएको हो । तेस्रो त्रैमासमा सिभिलले ५० करोड र सेञ्चुरीले ३५ करोड खुद नाफा कमाएका छन् ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.९७ प्रतिशतले बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा लघुवित्तले १ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

 

खुद नाफा बढे पनि लघुवित्तको सञ्चालन मुनाफा भने १२.३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७४ करोड ९५ लाख सञ्चालन नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले १३ अर्ब ३८ करोड निक्षेप संकलन र ६ अर्ब ७३ करोड सापटी लिइ कुल २४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ६९ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ६२ करोड संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४.१६ रुपैयाँले बढेर ५६.२३ रुपैयाँ पुगेको छ ।लघुवित्तको खरब कर्जा भने १.७६ प्रतिशतबाट बढेर ५.८९ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.२४ प्रतिशत रहेको छ ।

कोरानाको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल Read Previous

कोरानाको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

आजदेखि निषेधाज्ञामा थप कडाइ, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? Read Next

आजदेखि निषेधाज्ञामा थप कडाइ, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?