जनउत्थान लघुवित्तको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । जनउत्थान सामुदायिक विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट घोषणा गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

लघुवित्तले वैशाख ३० गते वार्षिक साधरण सभा बोलाएको छ । उक्त प्रयोजनका लागि कम्पनीले वैशाख २३ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

 

लघुवित्तले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४९.४० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.६० प्रतिशत नगद गरी कुल ५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

कर तिर्ने र विवरण बुझाउने समय थप्न निजी क्षेत्रको माग Read Previous

कर तिर्ने र विवरण बुझाउने समय थप्न निजी क्षेत्रको माग

अमेरिकाको व्यापार घाटा चुलिँदो, मार्चमा ७४ अर्ब डलर घाटा Read Next

अमेरिकाको व्यापार घाटा चुलिँदो, मार्चमा ७४ अर्ब डलर घाटा