काठमाडौं । काठमाडौं उपत्यकामा आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसैबीच, हाल काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुलाई भने जान दिइने भएको छ । जसको लागि सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस चाहिने छ ।
काठमाडौं उपत्यकाबाट फर्किसकेपछि स्थानीय तहले अनिवार्यरुपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिएमा घर फर्किन दिइने भएको हो ।