मध्यभोटेकोशीको आइपीओ ई-सेवाबाट पनि भर्न मिल्ने, यसरी दिनुहोस् आवेदन

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका स्थानीयका लागि विक्रीमा ल्याएको प्राथमिक साधरण सेयर (आइपीओ)मा ईसेवाबाट पनि आवेदन दिन मिल्ने भएको छ ।

 

कम्पनीको आइपीओ भर्न सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न स्थानमा केन्द्र तोकिए पनि निषेधाज्ञाका कारण आवतजावतमा असहज हुने भएपछि त्यसलाई मध्ये नजरगर्दै ईसेवाबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको हो ।

 

कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

 

स्थानीयले कम्पनीको सेयरमा आगामी जेठ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएका जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर जारी गर्नेछ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

 

ईसेवाबाट यसरी दिनुहोस् आवेदन :

 

१. सर्वप्रथम ईसेवा लगइन गरी MBJCL – IPO (Local People) अप्सनमा क्लिक गर्ने ।

 

२. त्यसपछि सिन्धुपाल्चोकवासी भएको नभएको कन्फर्म गर्नुहोस् ।

 

३. त्यसपछि खुल्ने फर्ममा आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता, पैसा फिर्ता हुने माध्यम लगायत विवरण भर्नुहोस् ।

 

४. सबै विवरण भरेपछि प्रोसिड क्लिक गरी आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफ २१ वर्षमा प्रवेश, १ खर्ब बढीको बीमाकोष, २९ लाख बीमित Read Previous

नेपाल लाइफ २१ वर्षमा प्रवेश, १ खर्ब बढीको बीमाकोष, २९ लाख बीमित

नेप्सेमा झिनो सुधार आउँदा यी ९ कम्पनीका लगानीकर्ता बने मालामाल Read Next

नेप्सेमा झिनो सुधार आउँदा यी ९ कम्पनीका लगानीकर्ता बने मालामाल