महिला लघुवित्तका सेयर होल्डर मालामाल, ३३ दिनमै भाउ १० गुणा, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३३ कारोबार दिनमै करिब १० गुणाले बढेको छ ।

 

गत चैत ३ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयर मूल्य ३३ कारोबार दिनमा लगातार पोजेटिभ सर्किट लागेर १० गुणा भएको छ । ४३८ रुपैयाँमा पहिलो कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य १० गुणाले बढेर आज प्रतिकित्ता ४१५८ रुपैयाँ पुगेको छ ।

 

कारोबारमा आएको ६ हप्ता बितिसके पनि अझै कम्पनीको सेयरको सप्लाई भने आउन सकोके छैन । हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून रहेको छन् ।

 

डेढ महिनाको अवधिमा कम्पनीको जम्मा करिब १० हजार कित्ता मात्र कारोबार भएको छ भने सो अवधिमा जम्मा ६ दिन मात्र १ हजार बढी कित्ता कारोबार भएको छ ।

 

लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको थियो ।

 

नेप्सेमा लघुवित्तको सर्वसाधरण तर्फको जम्मा ४ लाख कित्ता सेयर सूचीकृत छ । सर्वसाधरणको सेयर संख्या कम भएको र वित्तीय अवस्था पनि बलियो रहेकाले लघुवित्तको सेयरमा आकर्षण देखिएको हो ।

 

चालू आवको तेस्रो त्रैमाससम्म १० करोड चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोष १९ करोड १८ लाख रुपैयाँको छ। कम्पनीले चैत मसान्तसम्म ६ करोड ४२ लाख खुद नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८५.६६ रुपैयाँ छ।

कोरोनाले आक्रान्त भारतमा बेरोजगारी पनि बढ्दो, १ महिनामै गुम्यो थप ७० लाखको रोजगारी Read Previous

कोरोनाले आक्रान्त भारतमा बेरोजगारी पनि बढ्दो, १ महिनामै गुम्यो थप ७० लाखको रोजगारी

अण्डाको मूल्य अहिलेसम्मकै महँगो, प्रतिक्रेट कति पुग्यो ? Read Next

अण्डाको मूल्य अहिलेसम्मकै महँगो, प्रतिक्रेट कति पुग्यो ?