मध्यभोटेकोशी जलविद्युतको आइपीओ खुल्यो, ४०० कित्तासम्म भर्न पाइने

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

 

कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

निष्काशन हुने कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

 

स्थानीयले कम्पनीको सेयरमा आगामी जेठ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएका जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर जारी गर्नेछ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

लहडमा गरिएको मजदुरको तलब वृद्धि घोषणाले जन्माएको गम्भीर प्रश्न Read Previous

लहडमा गरिएको मजदुरको तलब वृद्धि घोषणाले जन्माएको गम्भीर प्रश्न

कार्ड अभावमा रोकियो चालक अनुमतिपत्र छपाइ, अझै ३ लाख छाप्न बाँकी Read Next

कार्ड अभावमा रोकियो चालक अनुमतिपत्र छपाइ, अझै ३ लाख छाप्न बाँकी