काठमाडौं । बाग्लुङमा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण भइरहेको छ । बाग्लुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने झोलुङ्गे पुल ५ सय ६७ मिटर लामो छ ।
कालिगण्डकी नदि माथी निर्माण हुने उक्त पुल १ सय ३८ मिटर उचाइको रहेको छ । सो पुल निर्माणका लागि २०७५ चैत्रमा सम्झौता भएको हो । सो पुल आर्थिक वर्ष २०७७/७८ साल भित्र सम्पन्न हुने सस्पेनसन ब्रिज डिभिजनले जानकारी दिएको छ ।
बाग्लुङमा २०५९ बाटै पुल निर्माणको सम्भाव्यता अध्ययन गरिन थालिएको थियो । योजना पर्न नसकेकाले सुरु हुन नसकेको सो पुल निर्माण अहिलेआएर सुरु भएकाे हाे ।
यस अघि नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कञ्चनपुरको महाकाली नदीमा बनेको थियो । उक्त पुलको लम्बाई १४ सय ५२ .९६ मिटर रहेको छ ।