सेयर बजार सूचकमा गिरावट आए पनि कारोबार रकमले दियो साथ

काठमाडौं । करिब साढे २ महिनादेखि ओरालो लाग्दै गएको सेयर बजारमा आज पनि गिरावट आएको छ । सेयर बजार सूचक घटेपनि कारोबार रकमले  भने साथ दिएकाे छ । हिजाेकाे तुलनामा मंगलबार काराेबार १७ करोडले बढेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से मंगलबार २.७८ अंकले घटेर १२३१.०७ विन्दुमा अडिएको छ । १६५ कम्पनीको ४८ करोड १६ लाख १९ हजार ७६० रुपैयाँको कारोबार भएको छ । १८ लाख ९६ हजार ४५४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

नेप्सेमा कारोबार भएका ११ वटा समूहमध्ये म्युचुअल फन्ड बाहेक बाँकी सबै समूहका सूचक ओरालो लागेका छन् ।आज सबैभन्दा धेरै होटल समूहको सूचक २२.५२ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रह्यो। यसको १२ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावरको मूल्य ७.६२% ले बढेको छ भने एनएलजि इन्सुरेन्सको सबैभन्दा धेरै ३.७२% ले घटेको छ ।

अब नापी कार्यालयको सेवा घरमै बसेर लिन सकिने Read Previous

अब नापी कार्यालयको सेवा घरमै बसेर लिन सकिने

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बाग्लुङमा बन्दै Read Next

नेपालकै दोस्रो लामो झोलुङ्गे पुल बाग्लुङमा बन्दै