टिकेन सेयर बजरको उछाल, नेप्सेमा दोहोरो अंकको गिरावट, किन ह्वात्तै घट्यो कारोबार ?

काठमाडौं । सेयर बजारमा आएके उछाल एक दिन पनि टिक्न सकेन । मंगलबार एकैदिन ९२ अंकले बढेको बजार आज दोहोरो अंकले घटेको छ ।

 

बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले बजारलाई टेको लगाउन सकेको देखिएन । यसअघि ७ कारोबार दिनमा करिब २४० अंकले घटेको बजार हिजो एकैदिन झन्डै १०० अंकले बढे पनि आज निरन्तरता पाउन सकेन ।

 

सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब बढीले घटेर ४ अर्ब मुनि झरेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १३.७९ अंकले बढेर २५८५६.२८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार ८८६ रुपैयाँ बराबरको ८९ लाख ५३ हजार ४५१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आइतबार कारोबारमा आएका १३ वटै समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएक छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ५४.६५ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १४९.११ अंकले घटेको छ ।

 

आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी १६ करोड र एचआइडीसील १४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारम पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र विशाल बजार कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।घट्दो बजारमा आज पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.१५ प्रतिशत गुमाएका छन् ।

स्कुल बन्द हुँदा एशियाली विद्यार्थीहरुले १.२५ ट्रिलियन डलरको आम्दानी गुमाउने Read Previous

स्कुल बन्द हुँदा एशियाली विद्यार्थीहरुले १.२५ ट्रिलियन डलरको आम्दानी गुमाउने

२२ बैंकको नाफा बढ्यो, वितरण योग्य नाफा तेब्बरले वृद्धि, कुन बैंकको कति (सूचीसहित) Read Next

२२ बैंकको नाफा बढ्यो, वितरण योग्य नाफा तेब्बरले वृद्धि, कुन बैंकको कति (सूचीसहित)