भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

 

राजदूतावासका अनुसार नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ ।

 

दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको हो ।

 

स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो । राजदूतावासले बताए अनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी र धुलीखेल अस्पताललाई पुनः दिएको बताएको छ ।

 

आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्शियल गाडीहरु विक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

नेपालमै पहिलोपटक रासायनिक मल कारखाना सञ्चालनमा आउँदै, वार्षिक १० हजार टन उत्पादन हुने Read Previous

नेपालमै पहिलोपटक रासायनिक मल कारखाना सञ्चालनमा आउँदै, वार्षिक १० हजार टन उत्पादन हुने

ट्र्याक खुलेको २४ वर्षपछि कालोपत्र हुँदै मध्यपहाडी लोकमार्ग Read Next

ट्र्याक खुलेको २४ वर्षपछि कालोपत्र हुँदै मध्यपहाडी लोकमार्ग