४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीको वैशाख १७ देखि आइपीओ खुल्ने

काठमाडौं । यही वैशाख १७ गतेदेखि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ)निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये ५ प्रतिशत (१ लाख २५ हजार ९११ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (५० हजार ३६५) कित्ता आयोजनाका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै सेयर विक्री नभएका ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन पाइन्छ । कम्पनी सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापीटल रहेको छ ।

 

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

सिटिजन्स बैंक १५ औं वर्षमा प्रवेश, चुक्ता पूँजी २० गुणा बढेर साढे ११ अर्ब पुग्यो Read Previous

सिटिजन्स बैंक १५ औं वर्षमा प्रवेश, चुक्ता पूँजी २० गुणा बढेर साढे ११ अर्ब पुग्यो

बैंकहरुको सेयरमा लगानी झन्डै दोब्बरले वृद्धि, ८ महिनामा साढे ८१ अर्ब लगानी Read Next

बैंकहरुको सेयरमा लगानी झन्डै दोब्बरले वृद्धि, ८ महिनामा साढे ८१ अर्ब लगानी