सेयर बजारमा झिनो सुधार, यी ४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । यससाता पछिल्ला दुई दिनमा ७३ अंकले घटेको बजारमा आज न्यून अंकको सुधार आएको हो ।

 

सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब सवा १ अर्ब रुपैयाँले घटेको छ ।

 

यसहप्ता लगातार कारोबार रकम घट्दै आएको छ । आइतबार करिब साढे ८ अर्बको कारोबार भएकोमा मंगलबार घटेर सवा ५ अर्बमा सीमित भएको छ । प्रफिट बुक गर्ने हाबी हुँदा कारोबार रकमले साथ पाउन नसकेको लगानीकर्ताहरुको भनाइ छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५३.९८ अंकले बढेको छ भने निर्जीवन बीमा समूह २४.५३ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१६ कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्यमा गिरावट आएको छ । २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक १९ करोड र नबिल बैंक १५ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड मोदी हाइडोपावर, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज समृद्धि फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै २.४७ प्रतिशत गुमाएका छन् ।

चलेकोभन्दा कम ज्याला दिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति देखिएन आकर्षण Read Previous

चलेकोभन्दा कम ज्याला दिएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति देखिएन आकर्षण

पटक-पटक म्याद थप्दा पनि निर्माण भएन चोभार बन्दरगाह, तेस्रो पटक थप्न माग Read Next

पटक-पटक म्याद थप्दा पनि निर्माण भएन चोभार बन्दरगाह, तेस्रो पटक थप्न माग