५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

 

सूचना अनुसार २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।

 

यस्तै ५ अर्ब बराबरको ट्रेजरी बिल भने कुल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

'काभ्रे भ्याली' स्मार्ट सिटीलाई थप १ अर्ब बजेट Read Previous

'काभ्रे भ्याली' स्मार्ट सिटीलाई थप १ अर्ब बजेट

बीचैम काम छाडेर ठेकेदार भागेपछि कालीगण्डकी करिडोर अलपत्र Read Next

बीचैम काम छाडेर ठेकेदार भागेपछि कालीगण्डकी करिडोर अलपत्र