हावाहुरीले त्रिशूलीमा निर्माणाधीन पुल उडायो

गत वैशाख ४ मा आएको हावाहुरीले भत्काएको चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदी माथिको निर्माणाधीन पुल ।

धादिङ । शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ ।गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

 

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठीक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए ।

 

पुलको निर्माण तीन वर्ष अघि शुरु गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताए ।रासस

घाटा थेग्नै नसक्ने अवस्थामा निगम, पाक्षिक ८० करोड नोक्सानी, किन जाँदैछ निरन्तर घाटामा ? Read Previous

घाटा थेग्नै नसक्ने अवस्थामा निगम, पाक्षिक ८० करोड नोक्सानी, किन जाँदैछ निरन्तर घाटामा ?

६२६ जनाले लिए हिमाल आरोहण अनुमति, ४५ करोड रोयल्टी संकलन हुने Read Next

६२६ जनाले लिए हिमाल आरोहण अनुमति, ४५ करोड रोयल्टी संकलन हुने