अनलाइनबाटै यसरी हेर्नुहोस् आफ्नो जग्गाको नक्सा, प्रिन्ट गर्न पनि मिल्ने

काठमाडौं । अबदेखि घरमै बसेर अनलाइनबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न, आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । सरकारले आजदेखि ‘मेरो कित्ता’ प्रणाली शुभारम्भ गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

 

आज प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । यो प्रणाली कार्यन्वयनमा आएसँगै आफ्नो जग्गाको नक्सा हेर्न, प्रिन्ट गर्न तथा प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट, फिल्ड रेखांकन लगायत सेवाको अनलाइनबाटै बुझाउन सकिने सकिने नापी विभागले जनाएको छ ।

 

‘मेरो कित्ताकाे वेबसाइट’ लगइन गरेर आफ्नो विवरण राखी आफ्नो जग्गाको नक्सा हेर्न, प्रिन्ट गर्न राजश्व तिर्न लगायत सेवा लिन सकिने विभागले जनाएको छ । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा शुरु गरिएको विभागको भनाइ छ ।

 

विभागका अनुसार यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुर मालपोत कार्यालयमा लागू हुने छ भने क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यसअघि नै देशभरका मालपोत कार्यालयलाई ल्यान्ड रेकर्ड इन्फर्मेसन प्रणाली (एलआरआइएस) सँग जोडिसकेकेको छ ।

हतारमा आत्मनिर्भर घोषणा, मासुजन्य पशुपन्छीको आयात भने बढ्दो Read Previous

हतारमा आत्मनिर्भर घोषणा, मासुजन्य पशुपन्छीको आयात भने बढ्दो

नयाँ वर्षमा जुर्मुरायो आन्तरिक पर्यटन, विदेशीको न्यास्रो मेट्दै स्वदेशी पर्यटक Read Next

नयाँ वर्षमा जुर्मुरायो आन्तरिक पर्यटन, विदेशीको न्यास्रो मेट्दै स्वदेशी पर्यटक