यी हुन् २०७७ सालमा लगानीकर्ताको रोजाइमा परेका १० कम्पनी

काठमाडौं । वर्ष २०७७ नेपाली सेयर बजारका लागि एकदमै सुखद र उपलब्धीमूलक वर्ष रह्यो । यस वर्ष सेयर बजारले रेकर्डै रेकर्ड बनायो ।

 

करिब ३ महिना बन्द भएर खुलेको बजारले असार यता निरन्तर उकालो यात्रा जारी राख्यो । करिब ९ महिनाको अवधिमा नेप्सेले १५०० अंकको छलाङ मार्दै सूचक २७०० विन्दु माथि पुग्यो । एकैदिन साढे १० अर्ब बढीको कारोबार भयो ।

 

सेयर बजारले छलाङ मारेको वर्ष कुन कुन कम्पनी लगानीकर्ताको रोजाइमा परे त ? यस्ता छन् २०७७ मा लगानीकर्ताको रोजाइमा परेका अर्थात् सर्वाधिक कारोबार भएका १० कम्पनीहरु ।

 

यस वर्ष कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लगानीकर्ताको पहिलो रोजाइमा परेको छ । यसैवर्ष सर्वसाधरणमा आइपीओ जारी गरेको कम्पनी पहिलो वर्षमै लगानीकर्ताको रोजाइमा परेको हो ।

यस वर्ष पुनर्बीमा कम्पनीको सर्वाधिक ४० अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । प्रतिकित्ता ४२४रुपैयाँमा कारोबार खुलेको कम्पनीके सेयर मूल्य १८०० माथिपुगेको थियो भने वर्षको अन्तिम कारोबार दिन १४२८ रुपैयाँमा कारोबार भएर बन्द भएको छ ।

 

यस्तै, २०७७ मा लगानीकर्ताको दोस्रो रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यसको सो वर्ष ३९ अर्ब ४३ करोड बढीको सेयर किनबेच भएको छ । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बम्पर ५१ प्रतिशत लाभांश दिएको कम्पनी लगानीकर्ताको रोजाइम परेको हो ।

 

यस्तै, यस वर्ष लगानीकर्ताको तेस्रो रोजाइमा एनआइसी एशिया बैंक परेको छ । यसको २३ अर्ब ६ड करोड बढीको कारोबार भएको छ । यसैगरी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा २१ अर्ब ८८ करोडसहित नबिल बैंक चौथो स्थानमा परेको छ ।

 

यस वर्ष सर्वाकि कारोबार हुने कम्पनीहरुमा नेपाल बैंक २० अर्ब ७० करोड, नेपाल टेलिकम २० अर्ब २४ करोड, शिखर इन्स्योरेन्स १९ अर्ब ७६ करोड, प्रभु बैंक १८ अर्ब ६६ करोड, हिमालयन डिस्ट्रीलरी १८ अर्ब ४६ करोड र नेको इन्स्योरेन्स १७ अर्ब ७२ करोडसहित क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने Read Previous

अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने

बढ्दै डिजिटल कारोबार, एक महिनामा डेढ खर्ब भुक्तानी Read Next

बढ्दै डिजिटल कारोबार, एक महिनामा डेढ खर्ब भुक्तानी