अब मोबाइलबाटै आफ्नो जग्गाको विवरण हेर्न मिल्ने

काठमाडौं । अब मोबाइल एपबाटै आफ्नो जग्गाको लालपूर्जा, जग्गाको कित्ता लगायत विवरण हेर्न मिल्ने भएको छ ।

 

सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम शुरु गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भूमि सम्बन्धी सम्पूर्ण विवरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

 

सरकारले शुरु गरेको ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गाधनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने उनले जानकारी दिए ।

आज सेयर कारोबार बन्द हुने Read Previous

आज सेयर कारोबार बन्द हुने

यी हुन् २०७७ सालमा लगानीकर्ताको रोजाइमा परेका १० कम्पनी Read Next

यी हुन् २०७७ सालमा लगानीकर्ताको रोजाइमा परेका १० कम्पनी