सगरमाथा इन्स्योरेन्सले ल्यायो एउटै बीमालेखमा ३ प्रकारको जोखिम वहन हुने नयाँ पोलिसी

काठमाडौं । बीमा क्षेत्रमा इनोभेटिभ प्रडक्टहरु ल्याउँदै आएको सगरमाथा इन्स्योरेन्सले नयाँ वर्षको अवसरमा ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमालेख’ नामक नयाँ पोलिसी ल्याएको छ ।

 

मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रुपमा उक्त पोलिसीको उद्घाटन गरेका हुन् ।

 

यस बीमालेख अन्तर्गत सबै वर्गका मानिसले लाभ लिन सक्ने गरी एउटै बीमालेखमा ३ प्रकारका जोखिम सुरक्षण गरिएको छ । यसमा दुर्घटना, औषधी उपचार र घातक रोग बीमा एउटै पोलिसिमा समेटिएको छ । हाल यी तीनै प्रकारका छुट्टाछुट्टै बीमा गर्नु बाध्यताको अन्त्य गर्न यो नयाँ खालको पोलिसी ल्याइएको कम्पनीले जनाएको छ ।

 

आरोग्य स्वास्थ्य बीमालेख अन्तर्गत व्यक्तिगत दुर्घटना बीमातर्फ ७ देखि १० लाख, औषधोपचारतर्फ १ देखि २ लाखसम्म र घातक रोगतर्फ १८ वटा गम्भीर रोग लागेमा १ देखि १० लाखसम्मको जोखिम बहन हुने जनाइएको छ ।

 

कम्पनीका अध्यक्ष मानन्धरले कम्पनीले बीमालेख दाबी भुक्तानीलाई कम्पनीको प्रमुख आधार बनाएर सेवा प्रवाह गर्न निर्देशन दिए ।

क्रिप्टोकरेन्सीको विश्व बजार २० खर्ब डलर, टेस्लाको लगानीले बिटक्वाइनको मूल्यमा उछाल Read Previous

क्रिप्टोकरेन्सीको विश्व बजार २० खर्ब डलर, टेस्लाको लगानीले बिटक्वाइनको मूल्यमा उछाल

नारायणगढ-मुग्लिन सडकमा पुल चौडा गरिँदै, धमाधम १५ पुल बन्दै Read Next

नारायणगढ-मुग्लिन सडकमा पुल चौडा गरिँदै, धमाधम १५ पुल बन्दै