इटलीबाट ल्याएको स्याउको बिरुवा वितरण शुरू, पहिलो चरणमा ६ हजार बाडिँदै

मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ९ हजार २३० बिरुवा वितरण गर्ने योजना बनाएको छ । स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको हो ।

 

आयोजना अन्तर्गत पहिलो चरणमा ६ हजार २४० विरुवा वितरण गर्न लागिएको स्याउ जोनका वरिष्ठ अधिकृत थापाले बताएका छन् ।

 

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले स्याउ विरुवा वितरण मुस्ताङबाट शुरु गरेकी हुन् । उनले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले शुरु गरेको बताइन् । मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्न लागिएको हो ।

 

स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भै सकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्कीने मन्त्री अर्यालले बताइन । जिल्ला भित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गरिन ।

 

जिल्ला भित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दुरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने वरिष्ठ अधिकृत थापाले बताए ।

 

संघीय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट १ हजार १७० रुपैयाँ खर्च लागेको छ । संघीय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिचाइँ लगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका वरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताए ।

यी ठाउँमा मेलम्चीको पानी वितरण गर्न अझै १ महिना लाग्ने, पाइप बिच्छ्याउनै बाँकी Read Previous

यी ठाउँमा मेलम्चीको पानी वितरण गर्न अझै १ महिना लाग्ने, पाइप बिच्छ्याउनै बाँकी

चाबहिल-साँखु सडक यस वर्ष पनि सम्पन्न नहुने, ठेक्का म्याद सकिँदा निर्माण ठप्प Read Next

चाबहिल-साँखु सडक यस वर्ष पनि सम्पन्न नहुने, ठेक्का म्याद सकिँदा निर्माण ठप्प