काठमाडौं । यसहप्ता सेयर बजार ३ दिन मात्र खुल्ने भएको छ । सामान्य अवस्थामा हप्ताको ५ दिन खुल्दै आएको बजार यस साता बीचमा २ दिन सार्वजनिक बिदा परेकाले ३ दिन मात्र खुल्ने भएको हो ।
यससाता सेयर बजार आइतबार र बुधबार पनि बन्द हुने भएको छ । आइतबार घोडेजात्रा र बुधबार नयाँ वर्षको सार्वजनि बिदा परेकाले बजार बन्द हुने भएको हो ।
यसहप्ता सोमबार, मंगलबार र बिहीबार गरी ३ दिन मात्र सेयर बजार खुल्ने छ । सामान्य अवस्थामा हप्तामा ५ दिन आइतबारदेखि बिहीबरसम्म सेयर बजार खुल्ने गर्दछ । शुक्रबार सार्वजनिक बिदा नभए पनि कारोबार हुने गरेको छैन ।