निफ्राको प्रमोटर सेयर होल्डर इमर्जिङ नेपालको आइपीओ आउँदै

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर विक्री गर्न लागेको हो ।

 

कम्पनीले आइपीओ निष्काशनका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

इमर्जिङ नेपाल विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी हो । यसले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा समेत प्रमोटर सेयर होल्डरको रुपमा लगानी गरेको छ । निफ्रामा इमर्जिङको २५ करोड रुपैयाँ लगानी छ ।

अब मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने Read Previous

अब मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

विलासी जीवन जिउनेका लागि विश्वकै महँगा सहरहरूको 'हब' बन्दै एशियाली सहर Read Next

विलासी जीवन जिउनेका लागि विश्वकै महँगा सहरहरूको 'हब' बन्दै एशियाली सहर