माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार सेवा विस्तार गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा क्यूआर कोड सेवा शुरु गरेको छ ।

 

बैंकले शुक्रबार एक औपचारीक कार्यक्रमका बीच तरकारी बजारका व्यापारीलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरे ।

 

कार्यकारी निर्देशक कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद ज्ञापन गरे ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाई रहेको जानकारी गराए ।

 

बैंकले हाल देशभरका ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तामझामले भित्र्याएको रेल ७ महिनादेखि त्रिपाल मुनि, कहिलेदेखि चल्ने भन्ने अझै टुंगो छैन Read Previous

तामझामले भित्र्याएको रेल ७ महिनादेखि त्रिपाल मुनि, कहिलेदेखि चल्ने भन्ने अझै टुंगो छैन

मेलम्चीको पानी वितरणमा भएका चुहावट टाल्न टोली परिचालन गरिँदै Read Next

मेलम्चीको पानी वितरणमा भएका चुहावट टाल्न टोली परिचालन गरिँदै