फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता सेयर २९५ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले संस्थापन (प्रमोटर) समूहको १ लाख कित्ता सेयर लिलामी आएको छ ।माइक्रोफाइनान्सका एकजना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता सेयर विक्री गर्न लागेका हुन् ।

 

कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता २९५ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा आगामी वैशाख २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले बीओके क्यापिटल मार्केट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

काठमाडौंमा गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने उद्योग सिल, एक जना पक्राउ Read Previous

काठमाडौंमा गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने उद्योग सिल, एक जना पक्राउ

ज्योति लाइफको सेयर किन्न मरिहत्ते, २३ लाख कित्ता बढी माग हुँदा बेच्ने शून्य Read Next

ज्योति लाइफको सेयर किन्न मरिहत्ते, २३ लाख कित्ता बढी माग हुँदा बेच्ने शून्य