अजोड इन्स्योरेन्सको सेयर बारोबार छानबिन गरिने, १६ गतेको कारोबार रद्द हुन सक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।

 

यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।

 

सो कम्पनीको हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै सेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ ।

 

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।यदि कम्पनीको सेयर कारोबारमा भित्रि चलखेल भएको पाइएमा १६ गतेको कारोबार समेत रद्द हुनसक्ने जनाइएको छ ।

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशबाट ३० हजार टन आइपुग्यो Read Previous

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशबाट ३० हजार टन आइपुग्यो

बन्दीपुर केबलकार निर्माण ६५ प्रतिशत पूरा, बन्जी र स्पाइडर जीप लाइन पनि बन्दै Read Next

बन्दीपुर केबलकार निर्माण ६५ प्रतिशत पूरा, बन्जी र स्पाइडर जीप लाइन पनि बन्दै