नेशनल माइक्रोफाइनान्सको सेयर १६०० रुपैयाँमा किन्ने अवसर

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको (प्रमोटर) सेयर लिलामी मार्फत विक्री गर्ने भएको छ ।

 

लघुवित्तले चैत ३१ गतेदेखि ८० हजार कित्ता प्रमोटर सेयर विक्री गर्ने भएको हो । माइक्रोफाइनान्सको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १६०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

 

कम्पनीको लिलामी सेयरमा जेठ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरु र सर्वसाधरणले समेत आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।बोलपत्र जेठ ५ गते खोलिने क्यापिटलले जनाएको छ ।

चन्द्रागिरी हिल्सले ७ रोपनी जग्गा बेच्दै, बैंकको ऋण घटाउने Read Previous

चन्द्रागिरी हिल्सले ७ रोपनी जग्गा बेच्दै, बैंकको ऋण घटाउने

मेलम्ची आएसँगै पानीको मूल्य बढ्ने सम्भावना Read Next

मेलम्ची आएसँगै पानीको मूल्य बढ्ने सम्भावना