नेप्सेको टीएमएस किन आउँछ सधैं समस्या, चलखेल कि प्राविधिक समस्या ?

काठमाडौं । बारम्बार समस्या आइरहने नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा आज पनि समस्या आएको छ । बजार खुलेको करिब १ घण्टामा टीएसमए सिस्टमले काम गर्न छाडेपछि लगानीकर्ता सेयर कारोबार गर्नबाट वञ्चित हुनु परेको छ ।

 

टीएमस प्रयोगकर्ताका अनुसार अहिले टीएमएसको विन्डो नै खुलेको छैन । टीएमएसको साइट नखुल्दा लगानीकर्ताले सेयर कारोबार पनि गर्न पाएका छैनन् ।

पटक पटक एउटै समस्या दोहोरिरहँदा समेत नेप्सेको वेवास्ताका कारण समस्या हल हुन सकेको छैन । सेयर कारोबार बापत करोडौं रुपैयाँ कर अशुले पनि नेप्सेले अनलाइन सिस्टमलाई भरपर्दो र प्रभावकारी बनाउन नसक्दा सधैं हैरानी र नोक्सानी व्यहोर्नु परेको लगानीकर्ताहरुको आरोप छ ।

 

केही स्वार्थ समूहले चलखेल गरी बजार घटाएर सस्तोमा सेयर उठाउन सिस्टममै समस्या देखाइएको हुन सक्ने उनीहरुको आरोप छ ।

 

यता नेप्सेले भने प्राविधिक कारण टीएमएसमा समस्या आएको जनाएको छ । उक्त समस्या चाँडै समाधान गरी सिस्टम सुचारु गर्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ ।

बैैतडीको सिगासमा फलाम खानीको उत्खनन शुरू Read Previous

बैैतडीको सिगासमा फलाम खानीको उत्खनन शुरू

काठमाडौंका सडक डम्पिङ साइट बन्दै, फाल्ने ठाउँ नहुँदा महानगरले उठाउनै छाड्यो फोहोर Read Next

काठमाडौंका सडक डम्पिङ साइट बन्दै, फाल्ने ठाउँ नहुँदा महानगरले उठाउनै छाड्यो फोहोर