काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबिच क्लासिक टेकका ग्राहकहरुलाई सेवामा छुट दिने सम्झौता भएको छ।
सो सम्झौतामा नेशनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमल प्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृत राज वैद्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब क्लासिक टेककका कर्मचारी र ग्राहकले नेशनल अस्पताल कलंकीमा गरिने औषधी उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।ग्राहकले तथा कर्मचारीले नेशनल अस्पतालमा मेडिकल, ल्याप परीक्षणहरु, तथा अस्पतालको बिरामी बेडको शुल्कमा छुट प्राउने छन् ।
क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको हो ।
अस्पतालका प्रशासकीय अधिकृत किशोर सुवेदीकाअनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहकहरु तथा कर्मचारीहरु सबैले अन्य विभिन्न सेवाहरु समेत प्राप्त गर्नसक्नेछन् ।
सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचय पत्र देखाउनुपर्नेछ भने ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्नेछ ।
इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनी बीचमा एउटा विश्वास अनि सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ कम्पनी अगाडि बढिरहेको छ। इन्टरनेट ब्यवसायलाई केवल व्यापारिक दृष्टिकोणले मात्र नभई सामाजिक रुपान्तरणको प्रमुख साधनको रुपमा अघि बढाउने उद्देश्य क्लासिकटेकले लिएको छ।
क्लासिकटेकले आफ्नो सेवा, सुविधाका साथ साथै आफ्ना ग्राहकको स्वास्थलाई पनि विशेष ध्यान दिइ यो सम्झौता गरिएको हो र यसले इन्टरनेट प्रयोगकर्ता र इन्टरनेट सेवा प्रदायक कम्पनी बीच सुमधुर अनि सुदृढ सम्बन्ध बनाउने विश्वास कम्पनिले राखेको छ ।