दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत दुई लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

उन्नति सहकार्य रआरम्भ चौतारी लघुवित्त वित्तीयले संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधरण सभा प्रयोजनाका लागि भोलि (चैत १८ गते) बुकक्लोज तोकेका छन् । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले दुवै लघुवित्तको प्रस्तावित लाभांश पाउनेछन् ।

 

उन्नति सहकार्यले गत वर्षको नाफाबाट १७.८१ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न लघुवित्तले चैत ३१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

 

यस्तै, आरम्भ चौतारी लघुवित्तले गत वर्षको नाफाबाट ८.८५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ । लघुवित्तले उक्त लाभांश पारित गर्न चैत ३१ गते नै सभा डाकेको छ ।

कालीगण्डकी थुनेर देशकै ठूलो ८४४ मेगावाटको जलविद्युत् आयोजना बनाउन अध्ययन शुरू Read Previous

कालीगण्डकी थुनेर देशकै ठूलो ८४४ मेगावाटको जलविद्युत् आयोजना बनाउन अध्ययन शुरू

पर्यटन क्षेत्रबाट हुने राजस्व संकलन ७४ प्रतिशतले घट्यो Read Next

पर्यटन क्षेत्रबाट हुने राजस्व संकलन ७४ प्रतिशतले घट्यो