नेप्सेमा सामान्य गिरावट, यी ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । गत बिहीबार २१ अंकले घटेर बन्द भएको बजार यससाता पहिलो कारोबार दिनमै ओरालो लागेको हो ।

 

सूचकसँगै कारोबार रकममा ठूलो गिरावट आएको छ । गतसाता औसतमा दैनिक ६ अर्बको कारोबार भएकोमा आज घटेर साढे ४ अर्ब मुनि सीमित भएको छ । प्रफिट बुक गर्नेहरु हाबी हुँदा कारोबार रकमले गति लिन नसकेको आकलन गरिएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५.४५ घटेर २५४३.५२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार २९ रुपैयाँ बराबरको ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । लघुवित्त समूह सबैभन्दा धेरै ४४.५ अंकले बढेको छ भने व्यापार समूह २१२.८३ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०९ कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ३८ करोड र चन्द्रागिरी हिल्स ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स र महिला लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

यसअघि लगातार १ महिनाबढी पोजेटिभ सर्किट लाग्दै आएको चन्द्रागिरी हिल्सका सेयरधनीले आज सबैभन्दा धेरै ७.१७ प्रतिशत गुमाएका छन् ।

विश्व वित्तीय सप्ताहमा लक्ष्मी बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न Read Previous

विश्व वित्तीय सप्ताहमा लक्ष्मी बैंकद्वारा विभिन्न कार्यक्रम सम्पन्न

ठेक्का तोडेको १ वर्ष बित्दा पनि तीनकुने आर्क ब्रिज अझै अलपत्र, किन हुँदैछ रिटेन्डरमा ढिलाइ ? Read Next

ठेक्का तोडेको १ वर्ष बित्दा पनि तीनकुने आर्क ब्रिज अझै अलपत्र, किन हुँदैछ रिटेन्डरमा ढिलाइ ?