काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिने अवधिका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि विक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।
यस्तै १८२ दिनका लागि ३ अर्ब बराबरको बिल विक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।