काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको साढे १२ हजार कित्ता लिलामीसेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले फागुन २८ गतेदेखि लिलामीमा ल्याएको संस्थापकतर्फको ३ हजार ३६८ कित्ता र सर्वसाधरणतर्फको ९ हजार ७४ गरी कुल १२ हजार १२ हजार ४४२ कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
लघुवित्तले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म २ः१ अनुपातमा हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सो बेला नबिकेको बाँकी हकप्रद सेयर लघुवित्तले अहिले लिलामीमार्फत विक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ नघटाइ आफूले किन्न चाहेको सेयर संख्यार मूल्यसहित बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।लघुवित्तको लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
इच्छुक लगानीकर्ताले लघुवित्तको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, साना किसानको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौंडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबास शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।